सोतह प्रकाशन (२०८२/०३/०६)

सुचनाको हक सम्बन्धी ऐन २०६४

(दफा ५ को उपदफा ४ बमोजिम प्रकाशित)

मिति २०८२-०३-०६

कालिगण्डकी कोरिडोर (गैडाकोट-राम्दी-मालढुंगा) सडक योजना, पाल्पा

  1. योजनाको स्वरुप र प्रकृतिः

       राष्ट्रिय गौरवको योजना कालिगण्डकी कोरिडोर नेपालको उत्तर-दक्षिण जोड्ने महत्वपूर्ण सडकको रुपमा रहेको छ। कालिगण्डकी कोरिडोर नवलपुर जिल्लाको गैडाकोट देखि मुस्ताङ्ग जिल्लाको कोरला नाकासम्म कालिगण्डकी नदिको किनाराबाट निर्माण भइरहेको River Alignment हो। यसको लम्बाई करिब 495 कि.मि. रहेको छ। देशको आर्थिक, सामाजिक, साँस्कृतिक, पर्यटकिय एवं धार्मिक महत्व बोकेको यस सडकले विशेषगरी दुई छिमेकी मित्रराष्ट्र भारत र चीन बाट प्राप्त हुने व्यापार र त्यसबाट देशलाई प्राप्त हुने Trade Transit मा महत्वपूर्ण भुमिका खेल्ने देखिन्छ।

यस योजनाको कार्यक्षेत्रः

       कालिगण्डकी कोरिडोरः गैडाकोट-राम्दी-मालढुङ्गा -            240 कि.मि.

       कालिगण्डकी लोकमार्गः मिर्मि-सेतिबेणी-फलेवास-अर्मादी -   53 कि.मि.

                                                                                 जम्मा  -  293 कि.मि.

        नेपाल सरकारले आ.व. २०६७/०६८ बाट विधिवत रुपमा योजना कार्यालय स्थापना गरी आयोजनाको निर्माण कार्य लाई अगाडी बढाएकोमा वि.सं. २०७५ सालबाट राष्ट्रिय गौरवको आयोजनामा रुपान्तरण गरेर आयोजनालाई थप व्यवस्थित र सुदृढ ढंग बाट अगाडी बढाएको अवस्था छ । सोहि अन्तर्गत नेपाल सरकारबाट यसको निर्माण व्यवस्थापनका लागि दुईवटा कार्यालयहरु कालिगण्डकी कोरिडोर (गैडाकोट-राम्दी-मालढुङ्गा) सडक योजना पाल्पा र कालिगण्डकी कोरिडोर (मालढुङ्गा-बेनी-जोमसोम-कोरला) सडक योजना, जोमसोम स्थापना गरी निर्माण कार्य भईरहेको छ ।

 

  1. योजनाको काम कर्तव्य र अधिकार

कालिगण्डकी कोरिडोर अन्तर्गत गैंडाकोट देखि राम्दी हुँदै मालढुङ्गा सम्मको सडक कालोपत्रे स्तरमा स्तरोन्नती गर्ने तथा सो खण्ड भित्र पर्ने पूलहरुको निर्माण गर्ने सम्बन्धी ।

 

  1. कर्मचारी सख्या र कार्य विवरण

            कर्मचारी विवरण

संख्या

कैफियत

योजना प्रमुख

 

लेखा अधिकृत

 

ईन्जिनियर

 

सब- ईन्जिनियर

 

लेखापाल

 

ना.सु.

 

क.अ.

 

ल्याब असिष्टेण्ट

 

का.स.

 

ह.स.चा.

 

  कार्य विवरणः सम्बन्धित पदको लागि तोकिएको कार्यविवरण बमोजिम हुने ।

 

  1. कार्यालय बाट सम्पादन हुने क्रियाकलाप/सेवाहरु
  • सडक निर्माण/ स्तरोन्नती सम्बन्धी कार्यहरु ।
  • पूल निर्माण सम्बन्धी कार्यहरु ।
  • कार्यक्षेत्र भित्रका सडकमा फ्युलिङ्ग स्टेसन खोल्न आवश्यक सिफारिस गर्ने ।
  • कालोपत्रे सडक काट्नुपर्ने अवस्थाका सेवाहरु ।
  • सडक रेखांकन भित्रपर्ने भौतिक संरचनाहरुको क्षतिपुर्ति सम्बन्धी कार्य ।
  1. क्रियाकलाप/सेवाहरु प्रदान गर्ने शाखा र जिम्मेवार अधिकारी

यस कार्यालयमा प्राविधिक शाखा, आर्थिक प्रशासन शाखा तथा प्रशासन शाखा गरि जम्मा तिन वटा शाखा रहेका छन् । प्राविधिक शाखा अन्तर्गत प्रत्येक ईन्जिनियर/ सब ईन्जिनियरहरु लाई कार्यालय प्रमुख बाट कार्य विभाजन गरी सम्बन्धित कार्यको जिम्मेवारी तोकिएका प्राविधिक बाट हुने गरी व्यवस्था मिलाईएको छ । आर्थिक प्रशासन शाखाको जिम्मेवारी लेखा अधिकृतमा रहेको, सो शाखा बाट आर्थिक प्रशासन सम्बन्धी कार्य सम्पादन हुने गरेको । त्यस्तै प्रशासन शाखामा प्रमुख जिम्मेवारी नायब सुब्बा लाई तोकिई उक्त शाखा बाट दैनिक रुपमा पत्र दर्ता, चलानी गर्ने, आवश्यकता अनुसार योजनाको जानकारी सम्बन्धिहरु मा प्रेषण गर्ने एवम् कार्यालयको समग्र व्यवस्थापन मिलाउने रहेको छ । यसका अलावा कार्यालयमा एक जना ईन्जिनियर लाई सुचना तथा गुनासो सुन्ने अधिकारी तोकी सो सम्बन्धी कार्य जुनसुकै बेला पनी सम्पादन गर्ने व्यवस्था मिलाईएको छ ।

  1. क्रियाकलाप/सेवाहरु प्राप्त गर्न लाग्ने दस्तुर र अवधिः

सि.नं. ४ मा उल्लेखित सम्पुर्ण सेवाहरु ऐन, नियमावली, निर्देशिका आदिले निर्दिष्ट गरे बमोजिमको दस्तुर तथा अवधीमा हुने गरेको, कालो पत्रे सडक काट्नु पर्दा  लागत स्टीमेट तयार गरी सोहि बमोजिमको रकम धरौटि राख्ने गरिएको ।

  1. निर्णय गर्ने प्रक्रिया र अधिकारी

            सार्वजनिक खरिद ऐन, सार्वजनिक खरिद नियमावली लगायत प्रचलित कानून बमोजिमका प्रक्रियाहरु अवलम्बन गरी तोकिएको अधिकारी बाट आवश्यक निर्णयहरु हुने गरेको ।

 

  1. निर्णय उपर उजुरी सुन्ने अधिकारीः

योजना प्रमुख ज्यू ।

  1. सम्पादन गरेको कामको विवरण

            मिति २०८२/०३/०६ सम्मको विवरण

  • आयोजनाको कुल लम्बाई                  :          २९३ कि.मी.
  • आयोजनामा निर्माण गर्नुपर्ने पुलहरु      :           ५९ वटा
  • ठेक्का व्यवस्थापन भएका पुलहरु           :           ४२ वटा
  • निर्माण सम्पन्न पुलहरु                        :            ३६ वटा
  • निर्माणाधिन पुलहरु                            :            ६ वटा
  • थप ठेक्काहरु व्यवस्थापन गर्नु बाँकी पुलहरु :      १७ वटा
  • हालसम्म सम्पन्न कालोपत्रे :                            २३४ कि.मी.
  • ट्रयाक खुलेको :                                            २९३ कि.मी.
  • कालोपत्रे गर्ने गरी ठेक्का व्यवस्थापन गर्न बाँकी सडकको लम्बाई    ०.४२ कि.मि.
  • हाल सम्म सडक डिभिजन, पाल्पामा हस्तान्तरण भएको सडक खण्ड ६७.९३ कि.मि.
  • हाल सम्म सडक डिभिजन, भरतपुरमा हस्तान्तरण भएको सडक खण्ड ७७.९७ कि.मि.

१०. योजना प्रमुखको नाम र पद सूचना अधिकारी नाम र पद

  योजना प्रमुख श्री कल्पना अधिकारी  

   सूचना अधिकारी ई. अरुण खत्री

 

  • ऐन नियम विनियम वा निर्देशिकाको सूची
  • सार्वजनिक खरिद ऐन २०६३
  • सार्वजनिक खरिद नियमावली २०६४
  • सार्वजनिक सडक ऐन २०३१
  • जग्गा प्राप्ति ऐन २०३४ आदि
  • आ.व. २०८१-०८२ को आम्दानी खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण (आषाढ मसान्त सम्मको)

जम्मा बजेट   :           २४७.१० करोड

जम्मा प्रगति   :           ९३.६५% (पुँजिगत)

  • आ.व. २०८१-०८२ सम्मको आम्दानी खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण (आषाढ मसान्त सम्मको)

आयोजनाको कुल लागत           :           २००० करोड

आयोजनाको हाल सम्मको कुल खर्च  :           १३६८ करोड

आयोजनाको कुल भौतिक प्रगति      :           ६८.४०%

आयोजनाको कुल भौतिक प्रगति      :           ७९.८६%

हाल सम्म डिभिजन कार्यालयहरुमा हस्तान्तरण भएको सडक १४५.९० कि.मि. (४९.७९%)