दररेट पेश गर्ने सम्बन्धमा।
२०८३ भाद्र ३१
यस कार्यालयवाट प्रकाशन गरिने सार्वजनिक निर्माण सँग सम्बन्धित सूचना प्रकाशनमा एकरुपता र पारदर्शिता ल्याउन एवं सरकारी खर्चमा मितव्यायिता कायम गर्न सार्वजनिक खरिद ऐन २०६३ को प्रस्तावना अनुरुप सार्वजनिक खरिद सम्बन्धी कार्यविधि, प्रकृया तथा निर्णयलाई अझ बढी खुला, पारदर्शी, वस्तुनिष्ठ र विश्वासनीय बनाउन यो सूचना प्रकाशन गरिएको छ।प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको च.नं. प्र.शा./३११/३४९८ मिति २०८२/१२/१८ को सरकारी सञ्चार माध्याममा मात्र सूचना प्रकाशन/प्रसारण गर्ने सम्बन्धमा प्रेषित भएको पत्र सम्मानित सर्वच्च अदालतको मिति २०८३/०३/३० को उत्प्रेषण समेतको आदेश ०८२-WO-१११६ ले बदर भएको जानकारी अनुसार विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा २६ बमोजिम बिज्ञापन बोर्डमा सूचीकृत भएको पत्रपत्रिका, बिज्ञापन एजेन्सी तथा अन्य सञ्चार माध्यमलाई निम्न बमोजिमको ढाँचामा यस कार्यालयको वेबसाईटमा प्रकाशित राष्ट्रिय दैनिकको सुची अनुसार हरेकको छुट्टाछुट्टै दररेट भए सोही बमोजिम पेश गर्ने गरी आफ्नो दररेट तपशिल बमोजिमको Email-id वा कार्यालयमा यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र पेश गर्नुहुन अनुरोध गरिन्छ।साथै बिज्ञापन बोर्डको च.नं. ६३ मिति २०८३/०५/१५ को सूचना अनुसारको सूचीकरण तथा नवीकरण हुनुपर्ने तथा पेश गर्दा मौजुदा सूचीमा दर्ता गरी पाँउ भन्ने निवेदन, स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाण पत्र, कम्पनी दर्ताको प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, बिज्ञापन बोर्डको सूचीकरण/नवीकरणको प्रमाणपत्र अनिवार्य रुपमा पेश गर्नुहुन समेत जानकारी गराइन्छ।पेश भएका मध्ये सम्बन्धित राष्ट्रिय दैनिकमा सबैभन्दा कम अङ्क कबोल गर्ने सेवा प्रदायकलाई आ.व. २०८३/८४ को बाँकी सूचना प्रकाशन गर्न सम्झौता गरिने व्यहोरा समेत जानकारी गराइन्छ।