यान्त्रिक तालिम केन्द्र

हेभी ईक्यूपमेन्टको मर्मत, संभार तथा संचालनमा सडक विभागका मेकानिकलक र्मचारीहरुलाई तालिम प्रदान गरी क्षमता अभिबृद्धि गर्ने उदेश्यले २०३५ साल (सन १९७८) मा सडक विभागको एउटा इकाईको रुपमा यस यान्त्रिक तालिम केन्द्र (Mechanical Trainning Center )खको स्थापना भएको हो । यसको क्षेत्र विस्तार हुने क्रममा वि.सं.२०५७ सालदेखि अन्य सरकारी तथा गैरसरकारी क्षेत्रका जनशक्ति र सर्वसाधारण जनताहरुलाई समेत यस केन्द्रले तालिम प्रदान गर्न थालेको हो । यस तालिम केन्द्रको विकासमा आइ.एल.ओ, यू.एन.डि.पि. तथा विश्व बैंक/आइडिए आदि विभिन्न अन्तराष्ट्रिय दातृ संघ संस्थाहरुको ठूलो योगदान रहेको छ । यसैगरी बेलायतको क्राउनएजेण्ट, अस्ट्रेलियाको स्मेक तथा नेदरल्याण्डस्को डिएचभि जस्ता ख्यातिप्राप्त परामर्शदाताहरुबाट विभिन्न समयमा प्रदान गरिएका सेवाहरुबाट यस तालीम केन्द्रको भौतिक पूर्वाधारको विकास,Training Course Module तथा तालिम सामग्रीहरुको ब्यवस्थापन एवं प्रशिक्षकहरुको क्षमता वृद्धिमा उल्लेखनीय विकास भएको छ ।  साथै, यस तालिम केन्द्रबाट प्रदान गरिने सेवाहरुलाई अन्य क्षेत्रहरुमा समेत प्रवाह गराउने उदेश्य अनुरुप यस तालिम केन्द्रले अन्य सरकारी तथा गैरसरकारी संघ संस्थाका साथै अन्य इच्छुक व्यक्तिविशेषलाई समेत स:शुल्क तालिम प्रदान गर्ने कार्य २०५७ साल (सन् २००१) देखि नै शुरु गरिसकेको छ |


Web-page:  https://dor.gov.np/mtc