नारायणघाट-बुटवल सडकको दुम्कीबासमा अवस्थित विनयी खोलामा निर्मित नयाँ पुलबाट यातायात सूचारु
२०८२ आषाढ २०
नारायणघाट-बुटवल सडकको दुम्कीबासमा अवस्थित विनयी खोला पुल गत २०८१-०९-२६ मा अधिक भारक बहन गर्ने मालवाहक सवारीको कारण क्षति भएको थियो । तत् पश्चात हालसम्म पुलको Upstream Side मा 1.30 KM लामो Diversion Road निर्माण गरी यातायात सन्चालन गरिएको थियो। बर्षा सुरु भए पश्चात् Diversion Road मा बारम्बार क्षति पुग्न गई यातायात सन्चालन अवरुद्द हुने गरेकोमा मितिः २०८२-०३-१९ Dedicated Double Lane को २४५ मिटर लामो नयाँ पुल निर्माण सम्पन्न भएकोले हाल सोही पुलबाट यातायात सूचारु गरिएसँगै Diversion Road खो कारण झेल्नु परेको समस्याको पनि समाधान भइको छ ।