हाम्रो बारेमा

बिगत ४८ वर्ष देखि सडक निर्माण सडक मर्मत तथा  सम्भार लगायत सम्बन्धित मन्त्रालय एबम सडक बिभाग अन्तर्गत रहेका सवारी साधनहरु मर्मत सम्भार कार्य गरी सेवा प्रधान गर्दै आएको यस कार्यालयमा विभिन्न भारी उपकरणहरु तथा सवारी साधनहरु संचालनमा छन् यस कार्यालय अन्तर्गत रहेका भारी उपकरण हरु सडक निर्माण तथा मर्मत कार्यमा अधिकतम प्रयोग हुनुका साथै फुर्सदको रहेको समयमा अन्य निकायहरु लै भाडामा उपलब्ध  गरी राजस्व संकलन कार्यमा पनि उलेखनीय भूमिका निर्वाह गरीरहेको छ साथै यस डिभिजनको कार्यक्षेत्र अन्तर्गत पर्ने विभिन्न राजमार्गहरु सडक योजनाहरु तथा सडक संजाल्हरू बर्षायाममा आउने बाढी पहिरोको कारण अबरुधा हुदा सडक विभागका विभिन्न निकायहरुसंग समन्वय गर्दै आवस्यक उपकरणहरु परिचालन गरि यातायात व्यवस्था सुचारु गर्न पनि उलेखनीय भूमिका निर्वाह गर्दै आएको छ यस बाहेक यस क्षेत्रमा सिर्जना हुने आकस्मिक एबम आपतकालीन परीस्थिति आवस्यक्तानुसर निर्माण उपकरण हरु परीचालन गरी स्थिति सामान्य तथा सरलीकरण गर्न समेत उल्लेखनीय भूमिका यस कार्यालयले निर्वाह गर्ने गरेको छ |

"To Contribute Towards the Betterment of Living Conditions of the People through Effective, Efficient, Safe and Reliable Road Connectivity"

© 2017 सर्वाधिकार सुरक्षित सडक बिभाग

Visitor:

Navigation